चीनबाट उद्धार गरी ल्याइएका नेपालीमा कोरोना संक्रमण देखिएन : स्वास्थ्य मन्त्रालय

काठमाडौ, फाल्गुन ७ । चीनको वुहान सहरबाट उद्धार गरी ल्याइएका १ सय ७५ नेपालीमा कोरोना भाइरस संक्रमण नदेखिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा लगिएको दिन नै परीक्षणका लागि उनीहरूको र्‍यालको नमुना लिइएको थियो। त्यसको परीक्षण रिपोर्टले कोरोना संक्रमण नदेखाएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमण नभए पनि उनीहरू १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । संक्रमण देखिए अस्पताल लगेर आइसोलेसन वार्डमा राखेर उपचारको व्यवस्था गरिएको छ । उनीहरूलाई नेपाल ल्याउने बेला पनि वुहान विमानस्थलमा पनि स्वास्थ्य जाँच गरिएको थियो । चार जनामा ज्वरो देखिएपछि उनीहरू चीनमै रोकिएका थिए । अन्य चार जनाले नेपाल फर्किन मन नगरेको जनाइएको छ । यस्तै दुई जना ज्वरो आएको परिवारका सदस्य पनि उतै बसेका थिए ।

Back to top button
>
Close