कोरोना कहर : दक्षिण कोरियामा २५ लाख मानिसलाई घरभित्र बस्न आह्वान

काठमाडाैं -दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको संक्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीवार आग्रह गरेका छन् ।

उनले कोरोनाविरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन् ।दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको यस डाइगु नगर क्षेत्रमा बिहीवार मात्र थप ३५ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close