‘हाम्रो नेपाल, हामी नेपाली’ नामक पार्टी खोल्ने तयारीमा पूर्वडिआइजी खरेल

काठमाडौँ, फागुन १४ । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले नयाँ पार्टी खोल्ने भएका छन् । रक्षा मनत्रालयका पूर्व कायममुकायम सचिव देवेन्द्र सिटौला, भ्रष्टाचार विरुद्धको अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका अभियन्ता ज्ञानेन्द्र शाही, लगायतका ब्यक्तिहरुलाई समेटेर खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने भएका छन् ।

जसको भोली राजधानीमा एक कार्यक्रम नै गरेर पार्टीको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ । उक्त अभियानले भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका साथै सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई मुख्य प्राथमिकता दिने पूर्व डिआइजी खरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close