फोटो खिच्न प्रतिबन्ध लगाएपछि आलोचित बनिन् यी गायिका

काठमाडाैं फागुन १५-सोमवार अमेरिकाको लस एन्जलर्सरिथत एक सांगीतिक कार्यक्रममा ग्रामी अवार्ड विजेता गायिका वेयान्से प्रस्तुति दिन गएकी थिइन्।

तर फोटोग्राफरहरूलाई फोटो खिच्न अनुमति नदिएपछि उनको निक आलोचना भइरहेको छ ।बेयान्सेले आफ्नो हिट गीत पस्किएर कार्यक्रमको शुरूआत गरेकी थिइन्। आयोजकले गायिकाको अनुरोधमा फोटो खिच्न प्रतिबन्ध लगाइएको बताए।

कार्यक्रममा बेयान्सेका छोराछोरी पनि थिए तर तिनको फोटो पनि खिच्न दिइएन।उनको यो निर्णयले कार्यक्रममा सहभागी उनका फ्यानहरू अपमानित भएको महसुस गरेका छन्। पेज सिक्सका अनुसार कार्यक्रम आयोजकहरू फोटोग्राफरहरूको निरन्तर निगरानी गरेका थिए।कार्यक्रम अवधिभर बेयान्सेको फोटो स्थानीय टीभीमार्फत लिइएको थियो। यस घटनाले गायिका बेयान्सेलाई घमण्डी कलाकार भन्न थालिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close