डा. कार्कीको यस्तो छ कृषिमा चमत्कार गर्ने सुत्र, हेर्नुहोस् भिडियो

काठमाडौँ । बागमती प्रदेश, भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हुन् डा योगेन्द्र कुमार कार्की । लामो समय कृषि मन्त्रालयको योजना शाखा सम्हालेका डा। कार्कीले यस मन्त्रालयलाई कृषि औजार कारखाना निर्माण लगायत कृषि क्षेत्रमा पहिलो प्रदेशको रुपमा परिचित गराउनको लागि अहोरात्र खटिरहेका छन् । सामुहिक कृषि खेती अन्तरगत सिन्धुलीको दुधौलीमा १२१ बिघा क्षेत्रलफलमा सुरुवात भएको उनले जानकारी दिए । कार्कीका अनुसार सामुहिक कृषि खेती अन्तरगत चितवनको माडीमा ११० विघा तथा नुवाकोटको पन्चकन्या र विदुर गरि ६०० विघामा सुरुवात भएको बताए ।

बागमती प्रदेशलाई आगामी ३ वर्ष भित्र दुधमा आत्मनिर्भर बनाउने प्रदेश सरकारको लक्ष्यलाई आत्मसात गर्दै प्रदेशको विभिन्न स्थानमा पशु आहारा उद्योग, दाना उद्योग स्थापनाको काम अन्तिम चरणमा पुगेको सचिव कार्कीले बताए । उनका अनुसार एक निर्वाचन क्षेत्रमा सामुहिक कृषि खेती, बाख्रा पालन, मत्स्य पालन, कुषि औजार कारखाना, गाई पालन, दुग्ध उत्पादन, सित भण्डार लगायत कृषि सम्बन्धी कुनै न कुनै फार्म निर्माण गरि हरेक निर्वाचन क्षेत्रमा कृषिमा विकास गरिने योजनामा मन्त्रालय लागिपरेको छ ।

यस भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विभिन्न किसान, कृषक समुह तथा सहकारीहरुलाई विभिन्न शिर्षकमा अनुदान दिई कृषकहरुलाई कृषिमा आधुनिकिकरण साथै व्यवसायीकतातर्फ उन्मुख गराईरहेको सचिव डा। योगेन्द्र कुमार कार्की बताउछन । जनतालाई कृषिमा प्रोत्साहन गर्नको लागि सामुहिक खेती, दुग्ध उत्पादन, मत्स्य पालन, पुष्प खेती, बृहत्तर बाख्रा पालन लगायत विभिन्न किसिमको मोडेल फार्महरु निर्माणको लागि अनुदान दिने काम भईरहेको उनले बताए ।

हाल किसानहरुले उत्पादन गरेको तरकारी, फलफुल, माछामासु लगायत कृषि सामाग्रीहरु उपभोक्तासम्म पुग्न नसक्दा राम्रो मुल्य नपाउनुका साथै किसानहरुले विभिन्न सास्ती भोग्दै आईरहका छन । किसानहरुको बजारीकरणलाई ध्यानमा राखेर यस भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४० करोडको लगानीमा प्रादेशिक थोक बजार निर्माण हुन लागेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close