जुवातास खेलिरहेको अवस्थामा ७९ हजार ९ सय सहित ५ जना पक्राउ

काठमाडौं- चन्द्रागिरी नगरपालिका-४ खरिबोटबाट सिम्रिक मोटरपार्टस पसलमा जुवातास खेलिरहेको अबस्थामा पसल संचालक सोही ठाउँ बस्ने बिजय प्रकाश श्रेष्ठ सहित ५ जनालाई नगद ७९ हजार ९ सय ८० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close