
राकेश कुमार शर्मा
सेनाहरुलाई मेरो पहिलो प्रश्न तपाईंहरुले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग गर्ने, अपराध गर्ने राज्यकोष ढुकुटीबाट, भ्रष्टाचार गर्ने, लुटेरा, हत्यारा, बलात्कारी, बालुवाटारको सरकारी जग्गा बेचबिखन गर्ने प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूलाई सहयोग गरी राख्नु भएको छ किन ? मुलुकमा सहि काम गर्नका लागि नेपाली नागरिकहरुले नेताहरूलाई विजयी गराएर पठाएका हुन।निर्वाचनमा नेपाली नागरिकहरूले विजयी गराएर पठाएको छन भन्दैमा अपराध गर्ने छुट कसैलाई पनि छैन रु सेनाहरुलाई मेरो दोस्रो प्रश्न सेनाहरु मुलुक चलाउन आफै अगाडि बढन सकिरहेको छ किन रु सेनाहरुलाई मेरो तेस्रो प्रश्न सेनाहरु मुलुक चलाउन सक्षम नभएको हो रु सेनाहरुलाई मेरो चौथो प्रश्न सेनाहरुले पुर्व राजा ज्ञानेन्द्रलाई पनि सहयोग गर्न सकिरहेको छ किन रु सेनाहरुलाई मेरो पाँचौ प्रश्न सेनाहरुले राजा ज्ञानेन्द्रलाई सहयोग नगरे पनि राजाको नाती हृदयेन्द्र वीर विक्रम शाहदेवलाई सहयोग गर्न त सक्छ ?

अब मेरो छैटौं प्रश्न विशेष गरेर प्रधानसेनापति पुर्ण चन्द्र थापा लाई छ।प्रधानसेनापति ज्यु तपाईंले आफ्नो सैनिक मुख्यालय , पृतनाहरु, गणहरु र गुल्महरु भित्र रहेका अपराध गर्ने भ्रष्टहरु र बलात्कार गर्नेहरुलाई एकदम सक्रियताका साथ कार्वाही गरी रहनु भएको कुरा व्यापक रूपमा सुन्न आईरहेको छ। प्रधानसेनापति ज्यु मुलुकको प्रधानमन्त्री,मन्त्री, सांसदहरू र नेताहरूले राज्यकोष ढुकुटी बाट जति रकम पनि भ्रष्टाचार गर्न हुने रु बालुवाटारको सरकारी जग्गा बेचबिखन गर्न पनि हुनेरुजस्तोसुकै अपराध गर्न पनि हुने ? प्रधानसेनापति ज्यु तपाईंले भ्रष्टाचार आदि आदि जस्ता अपराध गर्ने सेनाहरुलाई मात्र कार्वाही गरेर के गर्नुहुन्छ ?
प्रधानसेनापति ज्यु हेरी राख्नुहोस आरोप लागेका सांसदहरू र मन्त्रीहरु अदालतबाट चोखिएर आउँछन।अदालतले मन्त्रीहरु जस्ता अपराधीहरूलाई चोख्याउने मात्र काम गर्छ। प्रधानसेनापति ज्यु भ्रष्टाचारको काण्डमा र बालुवाटारको सरकारी जग्गा बेचबिखनमा कसैलाई केही पनि हुँदैन सबैले न्यायालय बाट सफाइ पाउने छन अतस् न्यायालयले सबैलाई चोख्याएर शुद्धीकरण गर्ने छ।कृष्ण बहादुर महराको बलात्कार काण्डमा नै हेर्नु होस कृष्ण बहादुर महरालाई अदालतले निर्दोष भनी सफाइ दिएर रिहा गर्न आदेश दियो भने रोशनी शाही दोषी की रु स्वयं फैसला गर्ने न्यायाधीश दोषी की रु कृष्ण बहादुर महरालाई आरोप लगाइएको मुद्दामा दोषी को रु यस्तो पनि अदालतले गरेको गलत फैसला हुन्छ।सबैभन्दा खराबी नै न्यायालयमा छ।प्रधानसेनापति ज्यु अदालतले राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री र सांसदहरू जोसुकै होस गलत काम गर्नेहरुलाई सजाय दिन सक्दैन र ठूलाबडा लाई चैन सानालाई ऐन भने जस्ता व्यवहार अदालतले गर्दै जाने हो भने आउने दिनहरूमा दण्डहीनता दिन प्रतिदिन अधिक मात्रामा बढदै जाने छ भन्ने कुरा अवगत गराउन चाहान्छु।यसकारण न्यायालय निष्पक्ष हुन जरुरी छ।
प्रधानसेनापति ज्यु अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कुरा गरौं मैले नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडको हेटौंडा काठमाडौ सुरुङमार्गका ठगहरुलाई कार्वाही गर्न राज्य उदासीन किन रु भनेर उजुरी दिंदा सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजसम्म कार्वाही गरेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सानातिना कर्मचारीहरुलाई मात्र कार्वाही गर्ने काम गर्छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोप लागेका प्रधानमन्त्री र मन्त्रीहरु चार जना माथि परेको उजुरीमा केही गर्ने वाला छैन कति दिन को नाटक मात्र हो रु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तँ रोए झैं गर म कुटे जस्तो गर्छु भन्ने नाटक गर्ने छ। प्रधानसेनापति ज्यु तपाईंलाई मेरो सातौ प्रश्न कार्वाही नै गर्न सक्नुहुन्छ भने सर्वप्रथम भ्रष्ट, लुटेरा, बलात्कारी, हत्यारा र बालुवाटारको जग्गा बेचबिखन गर्नेहरु प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरूलाई कार्वाही गरेर देखाउनुहोस। प्रधानसेनापति ज्यु आँट र हिम्मत भए अतस् अहिले को गैरकानुनी क्थकतझ लाई नै फेरबदल गरेर देखाउनुहोस भन्न चाहान्छु।आँट र हिम्मत छैन भने सेनाहरुलाई मात्र कार्वाही गर्न तर्फ नलाग्न विनम्र अनुरोध छ। स्वतन्त्र नेपाली नागरीक, मकवानपुर