जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

गैँडहवा गाउँपालिका-६ गुलरीया चोकस्थित न्यू भिजन होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही होटेलका संचालक कञ्चन गाउँपालिका-३ बस्ने ३२ वर्षीय प्रबिन थापा समेत १० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद १ लाख ९ हजार ३ सय ४५ रुपैयाँ, भारतीय रुपैयाँ २२ हजार ९५, १० थान मोबाइल, ४ वटा मोटरसाइकल र १ वटा अटो रिक्सा समेत प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close