माक्सवाद र प्रजातान्त्रिक समाजवादले मानिसलाई पशु भन्दा उन्नत प्राणी बनाउनेछ भन्ने तर्क गलत साबित भयो : अनिल योगी

देशिबिदेशी बैरिहरु मिलेर मेरै आँखा अगाडि देश दुनियाँका सपना लुटिदिए । त्यही घानमा मेरा सपना पनि परे । सामान्य एक दुनियाँ थिए, जीवन आफ्नै तालसुरमा चलेकै थियो त्यति ठूला महत्वाकाँक्षा पालेको पनि थिएन ।

सत्य र न्यायलाई दबाउन खोजे म जागे एउटै देशका दाजुभाई दिदिबहिनी एकापसमा आफै आफ्ना जीवन बम र बन्दुकले उडाउन थाले ! केका लागि ? मेरा मनमा प्रश्न खेल्न थाले ।

कसैले सबैलाई समान बनाउने भन्ने हल्ला चकाए कसैले मुक्तिका लागि हो भने । यता उता निकै हेरे कोही कतै नत बाधिएको थियो नत त्यस्तो मिलाउनै नसकिने असमानता र मुक्तिका लागि भन्दै नेपालीले युद्ध लढ्नैपर्ने आधार देखिन ।

अबचेतन चेतनाबाट म भिउझिए एउटा मानिस अर्को मानिसको शत्रु कसरी बन्न सक्छ ? यो प्रश्नको उत्तर मेरो अन्तर आत्मामै दबिएर बस्यो । मैले धेरै संग यो प्रश्नको उत्तर दुई दशक देखि माग्दै आए तर कसैले दिएन ।

उत्तर बिनाको प्रश्न हुन्छ र ? यो प्रश्नले मलाई फेरि पनि सधै लखेटी रह्यो र अझै लखेट्दैछन । यस्तै अन उत्तरित प्रश्नले नेपाली समाजले आफ्नो मानसिक सन्तुलन गुमायो । मानसिक सन्तुलन गुमाउने मध्यको सबुद म स्वयम् हुं ।

थाहा छैन म कहाँ कतिबेला बंम जस्तै बिष्पोर्ट हुन्छु थाहा छैन मलाई जनता र राष्ट्रका हत्याराहरुलाई म कतिबेला जुत्ताले बजाउछु र मुखमा थुकी दिन्छु । त्यसैले पातकिहरु नाँच्ने डबलिमा रमाईलो हेर्न जान छोडेको बर्सौ भयो ।

एक नेपालीले अर्को नेपालीको बिनाशमा, हत्या र लुटमा आफ्नो भबिश्य खोज्न थाल्यो । बिद्धान शासकहरुले त्यही सिकाए, त्यही पढाए । तिनका बुद्धिजीवीले नेपालीले नेपालिलाई समाप्त पार्दा सबैको मुक्ती हुन्छ भनेर स्कुल चलाए । हुँदा हुँदा देश पागल खाना बन्न पुग्यो ।

यो वा त्यो राजनीतिक ब्यवस्थाको नाममा नेपालीका बिवेकलाई पुरै बिछिप्तताको अबस्थामा पुगाउने अपराध गरियो ।

माक्सवाद र प्रजातान्त्रिक समाजवादले मानिसलाई पशु भन्दा उन्नत प्राणी बनाउनेछ भन्ने तर्क गलत साबित भयो । यो युगका बिद्धानहरुको कथन सत्य साबित गराउन कसैले सकेनन् ।

चेतनशिल भनिएको मानिसका वीचमा युद्धका कारण नखोजिनु राष्ट्र र नेपाली जनता प्रती न्याय गर्ने सवालमा सामुहिक बिवेकको प्रयोग गर्न कोही तयार नहुनु बिवेकहिनताको अबस्था होईन कस्ले भन्न सक्छ ?

माथि भनिएको जस्तो मैले मेरो मानसिक सन्तुलन गुमाएको छैन र स्वबिवेक कसैको बन्दक बनाउने गरि बेचेको छैन ।

बिदेशीका बिचारको भारी बोक्दै एक नेपालिले अर्को नेपाली संग पाखुरा खिच्नुको औचित्य देखिन त्यसैले म सधै किनारामा बस्दै मानिस पसुमा झरेको हेर्दै आए ।

अब म यस्तो धेरै समय हेर्न सक्दिन होला ।

विचार/ब्लग : राजनैतिक विश्लेषक अनिल योगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close