प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।शिक्षण अस्पताल महाराजगञ्जमा चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएको छ ।

यसबारे ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गर्दै अस्पतालबाहिर ठूलै सङ्ख्या शुभेच्छुक उपस्थित भएका थिए ।

विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए । यसअघि भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close