छातीमा पूर्व राजा ज्ञानेन्द्रको ट्याटु खोपेका सन्तोष राजावादीले दिए ‘राप्रपालाई चुनाब चिन्ह ट्याक्टर राख्न सुझाव’

सन्तोष राजावादी

गणतन्त्रको प्रबत्ताज्युले जमनामा चुनाब चिन्ह गाईको ठाँउमा गोरु राख्दिएको भए आज हलो र गाईमा झगडा नै पर्दैन थियो । किनकी आफू (नेतृत्व) गोरु (कार्यक्रता) हलो (चुनाब चिन्ह) सबै एकै ठाँउमा अटाउने थियो।हलोको जमनामा त हलोले भलो गर्न नसकेको बेला ट्याक्टरको जमनामा कसरी हलोले भलो गर्ला खोइरुट्याक्टर राख्नु नि बरु जमना अनुसार चल्नु छैन । बिचार सिद्धान्त र एजेण्डाको केही कुनै मतलब नै छैन । आफ्नै हातले संविधान जलाएको छ आफ्नै मुखले बिश्वको उत्कृष्ट संविधान भनेको छ।

गणतन्त्र भित्र्याउने संविधान बनाउनेहरुले भनेको कहि कतै सुनिन्न खोइ किन हो कुनि हिन्दु अधिराज्य वकालत गर्नेले भन्नू परेको, संघीयताको बिरोध आफै गरेको छ अनि प्रचण्डको सरकारमा उप प्रम संघीय मामिला मन्त्री हुने बित्तिकै सबैभन्दा पहिलो काम गाबिस भङ्ग गरेको छ।ब्यबस्थाको बिरोध गरेको छ गणतन्त्रको सरकारमा पटक पटक मन्त्री खाएको छ। जाबो चुनाब चिन्हमा झगडा गरेको छ बसेको छ।अरु केही पनि होइन यो सब जुँघाको लडाइ हो।कार्यक्रताको राजनीति भबिस्य माथी ठुलो कुठाराघात गरेको छ बसेको छ। ६२/६३ पछि राप्रपा नेपालले बोकेको बिचार सिद्धान्त एजेण्डाको पछि लाग्ने प्रतिबद्ध कठिबद्द कार्यक्रता हरु आज पार्टीमा के कति छन ख्याल गर्नु छैन।

कहिले चुनाब चिन्हमा झगडा गरेको छ बसेको छ, कहिले पार्टी भित्रै पदमा लडाइ गरेको छ त कहिले सांसद मन्त्रीमा झगडा गरेको छ।यिनिहरुको यस्तै पारा हो भने आफ्नै पूर्ब कार्यक्रताहरुले प्रचण्डलाई केबल थप्पड र जुत्ताले मात्र हानेका छन, एक दिन आफ्नै कार्यक्रताले कालो मोसो दलेर जुत्ताको माला लगाएर लखेट्ने दिन नआउला भन्न सकिन्न जाबो ३% थ्रेस होल्ड कटाउन नसक्ने पार्टीले ३% थ्रेस होल्ड राख्न प्रस्ताब पेस गरेको थियो।चुनाबको बेला फुट्ने चुनाबमा ० भोट १ भोट आएको यादगर छ कि छैन होलारुचुनाबको बेला आफ्नो क्षेत्रमा करोडौं खर्च गर्न सक्ने अनि पार्टी फुटाउदा पनि करोडौं खर्च गर्न सक्ने नेताहरुले संगठन बिस्तारमा लगानी गर्नु पर्छ भन्ने दिमाग किन नआएको होला ?

बिगत २ बर्ष अघि पार्टी मिल्न खोज्दा बानेश्वरको एक बैङ्ग्केट मा पत्रकार सम्मेलन गरि घोषणा गर्दा राष्ट्रिय सभा गृह हल बूक भैसक्दा पनि कुन शक्तिले पार्टी मिल्न दिएन होलारुत्यसको करिब एक बर्ष पछि रातारात पुनः कुन शक्तिले पार्टी मिलायो होला बिचार सिद्धान्त एजेण्डा केही नमिल्ने हिन्दु अधिराज्य वकालत गर्ने राप्रपा नेपाल र हिन्दु गणराज्य वकालत गर्ने राप्रपारुसरसर्ती भन्नू पर्दा के बुझिन्छ भने कमल थापा प्रधानमन्त्री बन्ने लोभ लालचले गर्दा हो।पछि यो कुरा थाहा भएपछी हिन्दु गणराज्य पक्षधरहरुले केन्द्रिय सदस्य हरुको किर्ते हस्ताक्षर समेत गरेर पार्टी फुटाउन सफल भए किर्ते हस्ताक्षर मात्र गरेनन सभासद मात्र होइनन केन्द्रिय सदस्य पनि किने एजेण्डामा प्रतिबद्द कठिबद्द केन्द्रिय सदस्यले गोजिमा खुर्सानीको धुलो धरी राखेर हिडेका थिए भने बिकाउ केन्द्रिय सदस्य भने घरको पानी ट्याङ्किमा समेत लुके र बिचका अबसरबादी भने हस्ताक्षर गरेर पनि गरेको छैन किर्ते हो सम्म भन्न भ्याए । पार्टी फुटाउने पक्षधरका केही धुर्त खेलाडि मा पर्ने हुनाले सभासदलाई प्लेन टिकट समेत पठाएर झिकाउन लागि परे भने पार्टी फुट्न नदिने पक्षधर चाहिँ चतुर खेलाडी भित्र पर्ने भएको हुनाले सभासद हाइज्याक गर्न सफल भए यहाँ सरसर्ती हेर्दा हिन्दु गणराज्य पक्षधर श्रोत साधनमा अब्बल देखिन्छ।

स्थानिय चुनाबमा कम्नीष्ट सङ्ग मिल्ने सक्ने पार्टीले किन प्रदेश र केन्द्रिय चुनाबमा कम्नीष्ट सङ्ग नमिलेर काङ्ग्रेस सङ्ग मिलेको होलारु हुन त थ्रेस होल्ड कट्छ भनेर होला किननी पहिले नै कम हुदा थ्रेस होल्ड कट्छ रास्ट्रिय पार्टी बन्छ भनेर १०% राख्नु पर्छ भनेको थियो।निर्बाचन आयोगले बिधान बाट राजसंस्था र हिन्दु अधिराज्यको मुद्दा हटाउदा आन्दोलन हुँदै गर्दा झण्डा फर्फराउदै सडक आन्दोलनमा आउन कुन नैतिकताले दियो होलारुत्यति बेला छोड्न नसकेको सरकार शुशिला कार्की माथी महा अभियोग लाग्यो भनेर सरकार छोड्न फेरि कुन नैतिकताले दियो होला ? कमिसनको भागबण्डा नमिलेर आफैले बनाएको मन्त्री निकालेर आफै ले जिम्मा लिन किन नैतिकताले दियो होला ? ५७ करोड भ्रष्टाचारको मुद्दा खेपिराखेका आफ्नै भाइलाई सभासद बनाउन कुन नैतिकताले दियो होला ? हुन त अधिकांश सभासद नेताहरुका आ-आफ्नै नातेदार थिए कोहि झुक्किएर नातेदार नपरेका भए खल्तिका थिए।

यस्ता नेताहरुको पछि लागेर कार्यक्रताको भबिस्य बन्छ भन्नू देशको बिकास यिनिहरुले गर्छन भन्नू देशलाइ यिनिहरुले समृद्धि तिर लान्छन भन्नू बेकार छ। यिनिहरुले अबसर नपाएका होइनन पटक पटक पाएका हुन छ्न खोइ के गर्न सके त ? न जनताको काम गरि जनताको मन मस्तिकमा बस्न सके न त सुभचिन्तक कार्यक्रताको नजरमा नै राम्रो हुन सके। मलाइ त कता कता संका लाग्छ यिनिहरुले संगठन बिस्तार गरि पार्टी ठुलो नबनाउने पार्टी पनि नछोड्ने र पार्टी पनि नसिध्याउने खेलमा छन कि भनेर।नया पुस्ताले यिनिहरु लाई तिरस्कार गर्नु सके मात्र प्रजातन्त्र पार्टी बलियो बन्न सक्दछ र बिचार सिद्धान्त एजेण्डा स्थापित गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close