कोरोना भाइरस विश्वका १ सय ३ राष्ट्रमा फैलियो, चीनपछि इटाली र इरानका सयौँ मानिसको मृत्यु

काठमाडौं, फागुन २५ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ । चीनबो बुहानबाट सुरु भएर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट कोरोना संक्रमितमध्ये सबैभन्दा बढी चीनमा ८० हजार ६ सय ९६ जना संक्रमित छन् भने ३ हजार बढीले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसबाट चीनपछि दक्षिण कोरियामा हालसम्म ५० जनाको निधन भएको छ भने ७ हजार १ सय ३४ जनामा संक्रमण देखिएको बिबिसीले जनाएको छ । दक्षिण कोरियापछि यसको संक्रमण इटालीमा ५ हजार ८ सय ८३ पूग्दा ३ सय ३३ जनाको निधन भएको छ । उता इरानमा यो समाचार तयार पार्दासम्म १ सय ४५ जनाको निधन भएको छ । कोरोना भाइरस हालसम्म विश्वका १ सय ३ राष्ट्रमा फैलीइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close