रेल चलाउने कर्मचारी भेटिएनन्, एक जनाको पनि परेन आवेदन

बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ । रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एकजनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो ।उक्त रेल सेवा सञ्चालनका लागि रल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन माग गरेको थियो ।

आवेदनको अन्तिम म्यादसम्म एक जनाको पनि निवेदन रेलवे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ ।विभागका महानिर्देशक बलराम मिश्रले जयनगर–जनकपुर रेल सेवा सञ्चालनका लागि सुरुमा २६ जना प्राविधिक कर्मचारी करारमा भर्नाका लागि आवदेन माग गरिएकोमा विज्ञापनको अन्तिम मितिसम्म एउटा निवेदन प्राप्त हुन नसकेको जानकारी दिए ।उनले भने, ‘अब सो कर्मचारी भर्ना गर्न ग्लोबल विज्ञापन गरिने छ, त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।’आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close