अस्थाई राजनीतिक बिचार र दोयत्त भ्रष्ट चरित्र बोक्नु मात्र राजनितिक कर्मि हुनु होईन : अनिल योगी

बर्ग बिभाजित समाजलाई समानताका आधारमा बाँच्न सक्ने बनाउँने गफ हाक्दै बर्ग संघर्ष चलाउने पाखन्डिहरुले स्वयम् आफ्नो छुट्टै नव धनाडय बर्ग बनाउने काम गरे । मुठ्ठिभर ठाठाबाठाहरुलाई धनी बनाउने गरि गरिएका क्रान्ती र आन्दोलनले नयाँ धनी पैदा गरायो ।

कुनै समयमा नेपालको राजा र राजसस्थालाई सामन्तवादको केन्द्र भन्नेहरुले स्वयम् आफुलाई नव सामन्तवादी केन्द्रको नाईके बनाए । आज जो जो सत्ता र नेपालको राजनितिको केन्द्रमा छन् कुनै स्स्मयमा तिनिहरु नेपाली जनताको परिवर्तनको चाहनालाई राज्यद्धारा सम्बोधन गराउने शक्तिका रूपमा थिए ।

आज तिनिहरु स्वयम् नव उदारवाद र सामन्तवादको पक्षपोषण गर्दै नेपाली जनतालाई दबाउने र जनता संग लढ्ने ध्याउन्नमा छन् । अस्थाई राजनितिक बिचार र दोयत्त भ्रष्ट चरित्र बोक्नु मात्र राजनितिक कर्मि हुनु होईन भन्ने कुरा तिनिहरुले बुझेनन् । यो तीस बर्षमा नेपाल राष्ट्रभित्र अराजनितिक धन्दा चलाउने धन्दावालहरुको अन्त्यको दिन टाढा छ जस्तो मलाई त लाग्दैन । आफ्ना बिवेकमा राजनिती गर्नेहरु संग थोरै भएपनी मौलिकता हुन्छ ।

२०४६ सालमा नेपालका राजाले नेपालका नेताहरु संग संगै बसेर बनाएको संबिधान स्वाधिन थियो । त्यो संबिधान फाल्नका लागि प्रजातान्त्रिक शासन ब्यवस्थाका बिरुद्ध नेपाली अनुहारकै पाखन्डिहरुलाई तयार पार्दै बिदेशिले हिंसात्मक युद्ध गराउने काम गरे र अन्ततः राजा र नेता मिलेर बनाएको स्वाधिन प्रजातान्त्रिक संबिधान फाल्ने काम गरियो ।

बिदेशिले आफ्ना दलालहरु माध्यम बनाएको र भारतीय पक्षले जारी नगर्न उर्दि जारी गर्दा गर्दै जारी गरेको- नेपाल राष्ट्रलाई अन्त्यहिन युद्ध र लढाईमा फसाउने पुलिन्दामा धमिरा लागि सकेका छन् । यो सत्ता- ब्यवस्था र राजनितिक नेर्तित्व रुखमै शडेको फल जस्तै हो- सामान्य धक्का दिदा पनि यसको अन्त्य हुन्छ- जुन स्वभाबिक पनि छ ।

विचार/ब्लग अनिल योगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close