
काठमाडौं, चैत ५ । भारतीय लोकप्रिय नायिका सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। विश्वभर फैलीएको कोरोनाका कारण बेलायतबाट भारत फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णयमा पुगेको बताइएको छ । लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी सुन्दरी नायिका सोनम विमानस्थलबाट एक्कासी घर गएर आइसोलेसनमा बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भारतमा अहिले सम्म करिब १ सय जनामा संक्रमणको आशंका गरिएको छ भने ३ जनाको निधन भएको छ । यसैबिच सोमबार मात्रै अभिनेता दिलिपकुमारले सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका समाचारहरु पनि भारतीय मिडियाले प्रकाशित गरेको थियो ।