
युद्धका बेला २०५६ सालमा जब मैले मेरो पिताजिले बनाई दिएको थलो जहाँको त्यही छोडेर शहर पस्न बाध्य भए त्यही समय देखि मैले बुझे यहाँ कसैको कोही आफ्नो भन्ने छैन र हुँदैन । मेरा लागि त्यो सामान्य चोट थिएन । किन कि म निर्दोश थिए ।
यो २० बर्षमा मैले यो देशको रक्षाका लागि र नेपालीको जीवन सुरक्षित राख्नका लागि यस्तो घनचक्कर लगाए कि भनेर साध्य छैन । मैले करोडौं नेपालीको जीवन रक्षाका लागि आफ्नो जीवन जोखिममा राखे तर मलाई हृदय देखि मद्दत गर्न चाहने र मलाई बचाउन चाहने औंलामा गन्न सकिने दुईचार जना बाहेक अरु भेटिएनन ।
करोडौं नेपाली आफ्नो वृद्धि बिकासका लागि अहोरात्र खाटेर काम गर्न तिर लागेको आफ्नै आँखाले देख्दा देख्दै पनि म देशकै रक्षाका निम्ति र नेपाली जनताकै शुख र सुरक्षाका निम्ति आफ्नै मर्जिले खटिए ।
मेरो चेतनाले मलाई यस्तै गर्न लगायो । कहिले काहीँ सोच्ने गर्थे मेरो मानसिक अबस्था बिग्रेको त छैन ? सबै आ आफ्नो चिन्तामा छन् । सत्ता र शक्तिमा अरुकै रजगज निर्वाद रूपमा चलेको छ मलाई यो के बिमार लाग्यो ? यदाकदा म स्वयम् आश्चर्य चकित हुने गर्थे ।
देश पढे नेपालीको जीवनस्तर र हाम्रो सामाजिक चिन्तन र जनजनको सोचाईलाई बुझाईलाई पढे अनि मैले बुझे, मलाई यो काम गर्नका लागि दैवले खटाएका होलान् भन्ने लाग्यो र सबैलाई दैवले दुखको बाटोमा धकेल्न सक्दैनन् । जस्ले दुख उठाउन सक्छ उसैलाई दैवले दुखको भारी बोकाईदिने रहेछन् ।
म सम्झिन्छु गौतम बुद्धलाई के कमि भयो होला र राजपाठ त्याग गरे होलान् । राजा पृथ्वीनारायण शाहको आफ्नो राज्य छँदै थियो उनलाई बिशाल नेपाल बनाउने भोक कसरी जाग्यो होला । जंगबहादुरलाई कति जमिन चाहिएको थियो होला र आफ्नो भुगोलको सिमानामा आफ्नै नामबाट जंगे पिलर खडा गर्न लगाए होलान् ।
मनमनै गम्छु तिनिहरु यात मै जस्ता मूर्ख थिए यात ती बिद्धान हुन् भन्नुपर्छ । एउटा बुकुरोमा बसेर दुईचार जना परिवारका वीचमा मेरो मन आनन्दित हुन् सकेन र म बौलाह जस्तै भए । अर्को अर्थमा मेरो दिमागमा बुद्धको जस्तो त भन्न मिल्दैन पृथ्वीनारायण शाहको जस्तै भुत चढ्यो, जंगबहादुरको जस्तै राक्षस बस्यो त म के गरु !
मैले देश बोक्छु भन्दा र दुनियाँका दुख उठाउछु भन्दा मलाई कसैले अपराधी करार गर्छ भने गरोस् मलाई कुनै प्रवाह छैन । किन कि यो मानव दुनियाँमा आफुलाई भगवान ठान्नेहरुले समेत जघन्य अपराध गरेका छन् रत उनिहरुलाई पुजिदैछ ।
त्याग र कठोर तपस्याबिना माहान कार्य गर्न असम्भव हुन्छ भन्ने कुरा बिगतका हाम्रा बौलाहा पुर्खाहरुले मलाई सिकाई गएका छन् ।
विचार/ब्लग : राजनीतिक विश्लेषक अनिल योगी