ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यबसायी महासंघका अनुसार बुधबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७५ हजार रुपैयाँमाकारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।बुधबार तोलामा ७१० रुपैया प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार घटेर ६८० रुपैयाँमा कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close