हेर्दा हेर्दै आफ्नो रेट बढाइन् पूजाले

मुम्बई । अभिनेत्री पूजा हेगडेले ‘मोहेन्जो दारो’बाट बलिउडमा पाइला टेकेकी हुन्। ऋतिक रोशनजस्ता स्टार पनि यो फिल्ममा थिए। फिल्म नराम्रो बनेका कारण फ्लप भयो तर पूजाले भने सबैको ध्यान आफूतर्फ खिचिन्।

यसपछि ‘हाउसफुल९४ जस्तो सफल फिल्म पूजाको हात पर्‍यो। एक तेलुगु फिल्म पनि हिट भयो। अब पूजालाई सलमान खानसँग फिल्म खेल्ने मौका मिलेको छ। ‘कभी इद कभी दिवाली’ मा उनी सलमान खानकी हिरोइन हुने छिन्। यो फिल्म गर्न पूजाले निकै आकर्षक पारि श्रमिक लिएकी छन्। सूत्रअनुसार पूजाले ‘हाउसफुल९४ का लागि जति पारि श्रमिक लिएकी थिइन् त्यसको चार गुणा बढी पारि श्रमिक ‘कभी इद कभी दिवाली’ का लागि लिएकी छन्।अन्नपुर्ण पोष्टमा खबर छ । पूजाको यो डिमान्ड निर्माताले सहर्ष स्किारेका छन्।

सलमान अहिले नयाँ हिरोइनसँग काम गर्न प्राथमिकता दिइरहेका छन्। ‘राधे’ मा उनी दिशा पाटनी र ‘कभी इद कभी दिवाली’ मा पूजा हेगडसँग अभिनय गर्दै छन्। दुवै हिरोइनको उमेर सलमानको भन्दा धेरै कम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close