
काठमाडौं, चैत ७ । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएबेला पशुपति विकाश कोषले पशुपति आर्यघाटमा २५ जना भन्दा बढी मलामी जान नपाइने जनाएको छ ।
हालसम्म कोरोनाको नेपालमा पुष्टि नभए पनि सुरक्षाका लागि सरकारले विभिन्न उपायहरु अपनाउदै कम भन्दा कम सर्वसाधारणहरुको उपस्थित गराउन भन्दै आर्यघाटमा २५ जना भन्दा बढी मलामी नजानलाई पनि आग्रह गरेको हो ।
त्यस्तै पशुपतिनाथको मन्दिरमा पनि दर्शनार्थीलाई दुरीको व्यवस्थापन गरेर मन्दिर भित्र दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । ढकालका अनुसार मन्दिर बन्द हुदैन, दर्शनार्थीलाई भिडभाड नगर्न आग्रह गरिएको छ।