गायक ध्रुब बिस्कोको आवाजमा कोरोना भाइरस सम्बन्धी पहिलो जनचेतनामुलक गीतको भिडियो हेर्नुहोस्

काठमाडौं, चैत्र ७- कोरोना भाइरस सम्बन्धी पहिलो जनचेतनामुलक गीत लौन आयो के आयो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय चर्चा कमाइरहेकी गीतकार अम्बिका गुरुगंका शब्द शृजनामा दीपक शर्माको संगीत रहेको गीतमा ध्रुब बिस्कोको स्वर रहेको छ ।

गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । राज खड्काको निर्देशनमा तयार भएको भिडियोमा निर्देशक राज र सुरज अधिकारीको अभिनय रहेको गीतमा विष्णु खड्काको सम्पादन तथा बिजय लामाको छायांकन रहेको गीतले गरिब दिनदुखीले यो समस्याबाट कसरी पार पाउलान् भन्ने जनजनको प्रश्नलाई चोटीलो शैलीमा प्रहार गरेको छ ।

जनचेतानामुलक पहिलो गीतमा हात धुनेदेखि मास्क लगाएर हिँड्ने र भिडभाडमा जम्मा नहुने नै यो रोगको मुख्य औषधी भएको समेत भिडियोले मज्जाले बोलेको छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close