अमेरिकी डलरको भाउले आकाश छोयो

काठमाडौं । आज शनिबार अमेरिकी डलरको भाउले बढेको भने अन्य केही देशको विनिमय दर पनि बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ३८ रुपैयाँ १८ पैसा र बिक्रिदर १ सय ३८ पैयाँ ८७ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २८ रुपैयाँ ७० पैसा तथा बिक्रिदर १ सय २९ रुपैयाँ ३४ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८४ रुपैयाँ १३ पैसा तथा बिक्रिदर ३ सय ८६ रुपैयाँ ६ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय १६ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर ३ सय १८ रुपैयाँ ५३ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close