कोरोनाका कारण विश्वभर एकै दिनमा १३ सय ५२ को मृत्यु, थप ३० हजारमा संक्रमण देखियो

काठमाडौं, चैत्र ८ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ८३ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा इटालीमा ६२७ जनाको मृत्यु भएको छ भने स्पेनमा २ सय ६२, इरानमा १ सय ४९, फ्रान्समा ७८, अमेरिकामा ४९, बेलायतमा ३३, जर्मनीमा २४ र स्विटजरल्याण्डमा १३ जनाको मृत्यु भएको छ ।

उता नेदरल्याण्डमा ३०, बेल्जियममा १६, इण्डोनेशियामा ७, स्वीडेन र टर्कीमा थप ५र५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३० हजार २५६ जनामा कोरोनाको संक्रमण देखिँदा यो रोग संक्रमित बिरामीको संख्इा २ लाख ७५ हजार १ सय ८९ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसको उद्भव मानिएको चीनमा थप ७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close