कोरोनाका कारण प्रियंका चोपडाका दम्पत्ती आइसोलेसनमा

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला कोरोना भाइरसबाट जोगिन ‘सेल्फ आइसोलेसन’ बसेकी छन् ।तर आइसोलेसनबाटै केही भिडिओ सार्वजनिक गर्दै कोरोना बारे सन्देश प्रवाह गर्दैआएकी छन् । बिहीबार आठौँ दिनमा उनले इन्स्टाग्राम र ट्वीटरमा भिडिओ पोस्ट गर्दै आफू बाहिर निस्कन चाहेको र सबैलाई ‘हेलो’ भन्न चाहेको बताएकी छन् ।अन्न्पुर्ण पोष्टमा खबर छ ।

‘मलाई आशा छ, तपाईँहरु सबै सुरक्षित हुनुहुन्छ । म आउन चाहन्छु र हेलो भन्न चाहन्छु १ यो एक क्रुर समय हो । र यसले हामी सबैको जीवन उलटपलट पारेको छ ।’ भिडिओमा ३७ वर्षीया प्रियंकाले कोरोनाबाट बच्ने पूर्व सावधानी तरिकाबारे पनि बोलेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close