एक लाख बढी कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए, कहाँ कतिले गुमाए ज्यान ? हेर्नुहोस् सूचि

काठमाडौं, चैत ११ । कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभर १६ हजार ५५८ व्यक्तिको निधन भएको छ । यो समाचार तयार पार्दासम्म ३ लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएको विश्व स्वास्थ्य सुंगठनले जनाएको छ । सङ्क्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४२९ जना उपचारपछि घर फर्किएका छन् । २ लाख ६२ हजार ७७४ व्यक्ति हाल सङ्क्रमित रहेका छन् ।

कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ । कोरोनाका कारण सबैभन्दा बढी इटलीमा ६ हजार ७७ व्यक्तिको मृत्यु भएको छ । इरानपछि चीनमा ३ हजार २७७ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार १७१ जना सङ्क्रमित रहेका छन् । सर्वाधिक निधन हुनेमा स्पेन तेस्रो स्थानमा छ भने स्पेनमा २ हजार ३११ व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ५८२ व्यक्तिको मृत्यु भएको छ भने इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ८१२ व्यक्तिको मृत्यु भएको छ ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ८६० जनाको मृत्यु हुँदा दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ ।

त्यस्तै नेडरल्याण्डमा २१३, अष्ट्रियामा २१, बेल्जियममा८८ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमणका कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ३४, स्वेडेनमा २७, पोर्चुगलमा २३, क्यानाडामा २४ , डेनमार्कमा २४ मलेसियामा १४, आयरल्याण्डमा ६, पोल्याण्डमा ८, ग्रीसमा १७, इन्डोनेसियामा ४९ र फिलिपिन्समा ३३ हङकङमा ४, इराकमा २३ अल्जेरियमा १७ , भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९, पानामा ६ अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हङ्ग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बङ्गलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close