नायक पुष्प खड्का सेल्फ क्वारेन्टाइनमा

नायक पुष्प खड्का :

कोरोना भाइरसको विश्वव्यापी असरका कारण नेपाल सरकारले पनि देशलाई ‘लकडाउन’ गरेको छ । सरकारी आग्रहको पालना गर्दै घरमै बसिरहेको छु ।

सेल्फ क्वारेन्टाइनमा बस्दा साथीहरूसँग विशेष कुराकानी भइरहेको छ । पहिलेदेखि पेन्डिङमा रहेका म्यासेज रेस्पोन्स गरिरहेको छु । पुराना सम्बन्धलाई नवीकरण गर्ने अवसर पाएको छु ।

बाहिर निस्केर पनि जाने ठाउँ सबै बन्द छन् । तर, बाहिर निस्किरहने दिनचर्या भएको मानिसलाई घरमै बसिरहन सहज रहेनछ । तर, सरकारले हाम्रै लागि नियम बनाएको छ, पालना गर्नैप(यो ।

फुर्सदको उपयोग गर्दै बलिउड फिल्म ‘स्ट्रिट डान्सर’ हेरिसकेँ ।  सेल्फ क्वारेन्टाइनमा बस्दा साथीहरूसँग विशेष कुराकानी भइरहेको छ । पहिलेदेखि पेन्डिङमा रहेका म्यासेज रेस्पोन्स गरिरहेको छु । किताब पढ्ने र सिनेमा हेर्ने दिनचर्या बनेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ । 

बुबा–ममी भारततिर हुनुहुन्छ । भाइ अस्ट्रेलियामा छ । बहिनीसँग बसिरहेको छु, काठमाडौंमा । यस्तोवेलामा परिवार तितरवितर हुँदा चिन्ता बढी हुने रहेछ । जिम, शारीरिक अभ्यास केही गर्न पाएको छैन । त्यसैले मोटाइने चिन्ता छ । तर, पुराना सम्बन्धलाई नवीकरण गर्ने अवसर पाएको छु ।

Back to top button
>
Close