लकडाउनले भारतमा नेपाली कामदारको बिचल्ली

दार्चुुला । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई कम गर्न घोषणा गरिएको लकडाउनले भारतमा नेपाली कामदार बिचल्लीमा परेका छन् ।

दैनिक ज्याला मजदुरी गरेर घर फर्किन लागेका नेपाली कामदारहरूको सीमा नाकामा बिचल्ली भएको हो । नयाँ वर्षका लागि घर फर्किन लागेका नेपाली कामदारहरू सीमा नाका बन्द भएपछि कोही महाकाली नदी किनारमा बसिरहेका छन् भने कोही ओडारमा बस्न बाध्य भएका छन् ।

नौगाड गाउँपालिकाका नेपाली कामदार देवसिँह ठगुन्नाले भारतको पीथौरागढ जिल्ला कालिका क्षेत्रको ओडारमा बस्नु परेको बताउनुभयो । ‘नयाँ वर्षका लागि घर फर्किने तयारी थियौँ, ओडारको बास भएको छ ।’

ठगुन्नाले भन्नुभयो । भारतमा समेत लकडाउनको घोषणा गरिएकाले होटेल तथा रेष्टुरेन्ट बन्द भएकाले बास पाउन समस्या भएको छ । दार्चुलाको नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाका मात्रै ४०÷४५ जना नेपाली कामदार रहेको ठगुन्नाले जानकारी दिनुभयो ।

दार्चुला बाहेक अन्य जिल्लाहरूका गरी करिब ६० जनासम्म नेपाली कामदार भारतमा बास नपाएपछि ओडारमा बसेका छन् । होटेलमा बास नपाएपछि ओडारमा बसेका नेपाली कामदारले भारतीय बजारमा खाद्यन्न समेत पाइरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close