
काठमाडौ, चैत १८ – चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।
यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा विभिन्न कालाकारहले सहयेग गर्दै आएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम गर्नेका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोष मार्फत् २ करोड दिने भएका छन् । कोरोना रोकथाम कोषमा पूर्वराजपरिवार आबद्ध रहेको हिमानी कोषमार्फत उनले २ करोड दिने भएका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।उनले लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको बताउँदै यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि स्पष्ट पारेका छन् ।