कोरोना भाईरसबाट जनतालाई बचाउने नाममा बन्दी जीवन बिताउन बाध्य बनाउन पाइदैन

अनिल योगी

आजका मितिमा यदी यो देशको प्रधान मन्त्री म थिए भने- कोरोना भाईरसबाट जनतालाई बचाउने नाममा आम नेपालिलाई बन्दी जीवन बिताउन बाध्य बनाउने गल्ती गर्ने थिएन ।

(१) हवाई मार्गबाट होस् यात स्थल मार्ग ( भारतको बाटो हुँदै ) बिदेशबाट नेपाल आएका नेपाली हुन् सबैलाई छुट्टै बस्ने आपतकालिन ब्यवस्था मिलाई दिन्थे । त्यहाँ आबास- खानपान- स्वास्थ उपचारको बन्दोबस्ती सरकारले नै जिम्मा लिने ग्यारेन्टी गर्थे ।

(२) कोरोना भाईरसबाट संक्रमित भएकाहरुलाई पहिचान गरिएको खन्डमा उनिहरुको नेपालकै कुनै एउटा सुरक्षित अर्को भुगोलमा बस्ती निर्माण गरि आबस्यक उपचारको ब्यवस्था सहित बिरामिका आफन्तलाई प्रत्यक दिन बिरामिको अबस्था बारे जानकारी दिने ब्यवस्था सहित सुरक्षित राख्ने ब्यवस्था मिलाई दिन्थे ।

(३) कोरोना भाईरसबाट संक्रमितहरुबाट बाँच्न सक्ने आधारभुत ब्यवस्था गर्दै-संक्रमितहरुबाट थप अरु नागरिकलाई संक्रमित हुन नदिनका लागि स्वयमसेवकका रुपमा कम्तिमा एक नेपाली तुवाहरुलाई तालिम सहित दक्ष बनाउदै राज्यका सबै सुरक्षा अंगहरुलाई सघाउने गरि आबस्यक साधन स्रोत दिने र काममा लगाउने ब्यवस्था मिलाई दिन्थे ।

(४) संक्रमितहरु र बाहिर देशबाट आएकाहरुका लागि बस्ने र उपचार गर्ने छुट्टाछुट्टै भुगोल र उपचार सहित बसोबासको ब्यवस्था गरिदिने हो भने- नेपालिलाई लकडाउनका नाममा बन्धक बनाउनुपर्ने आबस्यकता हुने थिएन र नागरिक स्वस्थ नागरिक जिवनले स्वयम् आफ्नो लागि र राष्ट्रको लागि योगदान दिने काम गरि राख्ने अबस्था सृजना गरिदिन्थे ।

(५) भैपरी आउने संकटमा तत्काल खटिन सक्ने ५० हजार जतिको आपतकालिन युवादस्ता उद्धारका लागि तैनाथ राख्ने ब्यवस्था गरिदिन्थे ।

नोट:- यही काम प्रधान मन्त्री ओलिको सरकारले गर्न सकेको भए कति राम्रो हुन्थ्यो ।

नेपाली जनता नेपालको शाहबंशद्धारा सुरक्षित र संरक्षित रहंदै आएको यो राष्ट्रको ईतिहास हो । नेपालको शाहबंशले आफ्ना नेपाली दाजुभाई दिदिबहिनी प्रतिको राजधर्म जस्तो सुकै अबस्थामा पनि निर्बाह गर्नुपर्ने कर्तब्य हो ।

नेपालको राजाबाट कोरोना भाईरसका कारण आतंकित भैरहेका नेपाली जनताका लागि नेपाल सरकार माध्यम ( दुई करोड ) जून सहयोग भयो- यसका लागि नेपालको शाहबंशलाई सचेत नेपाली नागरिकका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close