कोरोना परीक्षणमा गलत रिपोर्ट आउने किट प्रयोग!

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि र्‍यापिड किट प्रयोग नगर्न आग्रह गरेको छ। मन्त्रालयले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतका किटहरु प्रयोग नगर्न आग्रह गरेको छ ।

‘यो किट प्रयोग गरेर गरिएको परीक्षणमारिपोर्ट गलत आउने गरेको पाइएका छ। त्यसैले विश्व स्वास्थ्य संगठनले यो किट प्रयोग गर्न लायक नभएको निक्र्यौल गरेको अवस्था छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डा.खेम कार्कीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसको प्रयोगमा विश्वभरि समस्या आएको पाइएपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अनुमति नदिएको हो।’

सरकारले निःशुल्क कोभिड–१९ को जाँच गरिरहेकै बखत भरपर्दो नभएको ¥यापिड किट प्रयोगको माग गर्ने र गराउने दुवैले नियम उल्लंघन गरेको मन्त्रालयका विशेषज्ञ चिकित्सक डा.रोशन पोखरेलले बताए।

यस्तो किटको प्रयोगले बिरामी दुई तरिकाले ठगीमा पर्ने र त्यसको असर समुदायमा समेत पर्ने उनको भनाइ छ। नागरिक दैनिकमा खबर छ ।

एकातिर सरकारले दिएको सुविधाबाट वञ्चित हुने, अर्कोतिर यस्तो परीक्षणबाट गलत रिपोर्ट आउने हुनाले व्यक्ति र समुदाय दुवैमा असर पर्ने उनले बताए।

‘जथाभावी परीक्षण गराउन जाने बिरामी पनि सचेत हुनुप¥यो र नियमविपरीत यस्तो किट प्रयोग गर्ने स्वास्थ्यसंस्था पनि नियमभित्र चल्नुपर्‍यो’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close