नेपालका साशक र सुरक्षा अंगले कोरोना रोकथामका लागि समयमै कुनै ठोस कदम किन चालेनन् ?

अनिल योगी

कोरोना भाईरसको विश्व ब्यापी आतंकले नेपाली जनतालाई पनि आतंकित बनायो । दुखको कुरा यति नजिकको चिनबाट यो भाईरस विश्व ब्यापी हुँदा सम्म नेपालका साशकहरु र सुरक्षा अंगहरुले रोकथामका लागि समयमै कुनै ठोस कदम चाल्न सकेनन् ।

यसबाट के पुष्टि हुन्छ भने( नेपालका साशक प्रसाशकहरुको मानसिक अबस्था सकृय रूपमा नेपाल राष्ट्र र नेपाली जनताको जीवन सुरक्षित राख्ने गरि दायित्वबोधका साथ राज्यका कुनै पनि निकायमा कोही पनि बसिरहेका छैनन् ।

मैले यसो भन्दै गर्दा मलाई के हेक्का छ भने( लकडाउन पालना गराउनका लागि षडकमा मेरै देशका सुरक्षाकर्मी छन् र उनिहरुले आफ्नो जीवन जोखिममा पारेर नेपालिलाई बचाउनका लागि डिउटी दिदैछन ।

मैले भन्न खोजेको के भने( हाम्रो राष्ट्रका सुरक्षा अंगका माथिल्लो स्तरका हाकिमहरुको दिमाग राष्ट्र र दुनियाँको जीवन सुरक्षित राख्ने तिर भन्दा पनि जागिर खाने( दलाल नेताहरुलाई सलुट हान्ने,पैसा बटुल्ने र कुम्लो बोकेर आफ्नो घर जाने १ यो भन्दा माथी उनिहरुको दिमागले सोच्नै सकेको देखिदैन ।

२०४६ सालको आन्दोलनले प्रजातान्त्रिक ब्यवस्था स्थापना भए पछि नेपाल राष्ट्र बलियो बन्नुको सट्टा झन कमजोर मात्र भएन( नेपाली जनताले एक दशक सम्म युद्धको चपेटामा बस्नु र बाँच्नु पर्‍यो । त्यो युद्ध र प्रतियुद्धले राष्ट्र र जनताको के कस्तो नोक्सानी भयो भन्ने बारे समिक्षा हुन सकेको छैन । जो जस्ले राष्ट्र र जनताको जीवन बर्वाद बनाए,उनिहरुले स्वयम् आफैले गरेको बर्वादिको समीक्षा गर्ने कुरा पनि भएन ।

कोरोना भाईरसको आतंकबाट नेपाली जनता आ- आफ्नै घरमा बन्धक भएको अत्यन्तै दुखका समयमा पनि कमिशन र भ्रष्टाचारमा डुबेका नेपालका नेताहरुको दिमाग सकारात्मक तरिकाले अझै चल्न सकेको छैन । नेपालका नेताहरुलाई सत्तामा राख्नका लागि बल प्रयोग गर्ने नेपालिको दुर्भाग्यपूर्ण अबस्था यही हो ।

नेपाल राष्ट्र र नेपाली जनताको प्रगतिको बाधक भनिएको राजसस्था अन्तर्गतका राजा ज्ञानेन्द्र शाहले कोरोना भाईरसबाट संक्रमित नेपालिलाई सहयोग पुगोस् भन्ने मनसायले हिमानी कोष मार्फत ९ दुई करोड ० नेपाल सरकारलाई सहयोग गर्नु भएको बिषयले आम नेपालिकाविच महत्वका साथ चर्चा पाई रहेकोछ ।

नेपालको शाहबंश जत्तिकै चौडा छाती भएको र नेपाल राष्ट्र र नेपाली जनतालाई आफ्नै परिवार ठानेर माया ममता दिन सक्ने एक दर्जन मात्र मानव प्राणी भैदिएको भए – नेपालमा राजसस्था र राजा चाहिन्छ भन्ने कुरा मैले कदापी गर्ने थिएन । सलाम छ राजन । देश दुनियाँ तपाइकै परिवार हो र शाहबंशले सधै त्यही सम्झियोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close