कोरोना संक्रमित करिब २ लाख मानिस निको भएर घर फर्किए

काठमाडौं । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस कोभिड–१९ ले बिरामी परेका संसारभरका एक लाख ७४ हजार मानिसहरु स्वस्थ भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार ३ महिनाको अवधिमा भाइरसका कारण प्रभावित बनेकाहरुमध्ये ठूलो संख्यामा मानिसहरु स्वस्थ भएर घर फर्किन थालेका छन् ।

यस्तै भाइरसका कारण विश्वभर ८ लाख २० हजार मानिसहरु संक्रमित भएका छन् भने मंगलवारसम्म ४० हजार मानिसहरुको मृत्यु भएको छ । भाइरसका कारण सबैभन्दा बढी मृत्यु हुने देशमा इटली छ भने सबैभन्दा बढी संक्रमित हुनेमा अमेरिका रहेको छ ।

Back to top button
>
Close