देशभरकै विकास निर्माणमा धक्का, कोरोनाले विकास गति ठप्प

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमणकाल अन्त्यपछि भर्खरै आधार तय भएर गति लिने क्रममा रहेको नेपालभरकै विकास निर्माणमा ठूलो धक्का लागेको छ ।

कोरोना भाइरसको महामारीका कारण विकास निर्माणको काम निर्बाध रुपमा अघि बढाउन नसकिने परिस्थितिका कारण अपवादबाहेक सबै विकास निर्माणको काम ठप्प बनेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय, खानेपानी मन्त्रालय, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित सबै प्रकारका विकास निर्माणको काममा असर परेको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close