
काठमाडौं, चैत २१ । कोरोनाको त्रास विश्वभर बढीरहेका बेला यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२ हजार ९ सय ८३ पुगेको छ भने कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ ।
अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ ।
इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु हुँदा स्पेनमा भने १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालमा अहिलेसम्म ६ जनामा यसको संक्रमण देखिएको छ ।