विश्व चर्चित फुटबलर नेइमारले कोरोनाविरुद्ध लड्न गरे आर्थिक सहयोग

काठमाडौं – विश्व यतिबेला कोरोना भाइरसका कारण आक्रान्त छ । कोरोना विरुद्ध विश्व लडिरहँदा यसविरुद्ध अभियान नै चलाएर ठूलो सहयोग जुटाउने काम भइरहेको छ । यसैबिच विश्व चर्चित खेलाडी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० का स्टार नेयमारले कोरोनाभाइरसविरुद्ध लड्न आर्थिक सहयोग गरेका छन् ।

उनले विश्वव्यापी रुपमा फैलिएको कोरोनासँग लड्न युनिसेफ र सोलिडारिटी फन्डमार्फत ७ लाख ५० हजार पाउन्ड सहयोग गरेको बिबिसीले उल्लेख गरेको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार नेइमारले ७ लाख ५० हजार पाउन्ड सहयोग गर्दै यसलाई जतिसक्दो छिटो नियन्त्रणमा लिन आवश्यक रहेको उल्लेख गरेका छन् । यसअघि कोरोनासँग लड्न चर्चित खेलाडी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले पनि सहयोग गरिसकेका छन् । कोरोनाभाइरसका कारण अहिले विश्वभरको खेल कार्यक्रम स्थगीत भएका छन् ।

Back to top button
>
Close