श्रीमतीलाई झुक्याएर बिजनेस मिटिङको बहाना बनाउदै इटाली पुगेर प्रेमीकालाई भेटेका ब्यक्तिमा देखियो कोरोना संक्रमण

एजेन्सी । श्रीमतीलाई झुक्याएर प्रेमिका भेट्न गएका एक जनलाई कोरोना संक्रमण भएको छ ।बेलायतका एक व्यक्ति श्रीमतीलाई ढाट्दै प्रेमिका भेट्न पुगेपछि प्रेमिकाबाट नै उनलाई कोरोना संक्रमण भएको हो । ती व्यक्तिले श्रीमतीलाई बिजनेस मिटिङको बहाना बनाउदै ब्रिटेन पुगेका थिए । ब्रिटेन पुगेका उनी त्यहाँबाट प्रेमिकालाई भेट्न इटाली पुगे । इटाली पुगेका उनी केही दिन प्रेमिकासँगै बसेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरेका छन् । तर, उनको नाम भने गोप्य राखिएको छ । उक्त व्यक्तिकी पत्नीलाई पनि आइसोलेसनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close