यि पापले भरिएका काठमाडौँका घरधनी, जसले कोरोना संक्रमण हुनसक्ने भन्दै नौ महिनाकी गर्भवतीलाई डेराबाट निकाले, के कारवाही हुन्छ यस्ता दुस्टलाई ?

काठमाडौं, बैशाख २- कोरोना भाइरस ९कोभिड—१९० को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा ९डेरा० बाट निकालेका छन्। कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।

बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन्। काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए। कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन्।

जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्ने भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाएका छन्। यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close