प्रधानमन्त्री ओलीलाई कडा झट्का दिँदै सयौ थुङ्गा नगाई श्रीमान गम्भीर नेपाली गाए राजावादीले

काठमाडौ – कोरोनाबाट बिश्व आक्रान्त भैरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको सिको गर्दै प्रधानमन्त्री केपि शर्मा ओलिले आज बिहान ८ बजे चिकित्सकहरुको सम्मानमा रास्ट्रीय गित गाउन आव्हान गरे तर समग्रमा प्रधानमन्त्री असफल देखिए। अपबाद बाहेक नेकपा कै नेता कार्ययकर्ता र सरकारी कर्मचारीले नै पालना गरेनन।

पछिल्लो समय राजा सहितको हिन्दु अधिराज्य नेपाल पुनर्स्थापनाको अभियान लिएर देशब्यापी संगठन निर्माण गरिरहेको वीर गोर्खाली अभियानले सबैलाई शाहीकालको श्रीमान गम्भीर नेपाली भन्ने रास्ट्रीय गित गाउन आव्हान गरेको थियो। वीर गोर्खाली अभियानका अभियन्ता सौरभ भण्डारीले सामाजिक संजाल फेसबुकमा लेखे “प्रधानमन्त्रीको निर्देशनको पालना गर्दै भोलि बिहान ८ बजे रास्ट्रीय गान श्रीमान गम्भीर नेपाली गाउने निर्णय गरियो। तपाईंहरु पनि श्रीमान गम्भीर नेपाली गाउनुहोला।”

वीर गोर्खाली अभियानका प्रमुख अभियन्ता नगेन्द्र देउजा र वीर गोर्खालीको युवा दस्ता ATF का संयोजक सन्तोष राजावादीले पनि सामाजिक संजालमा श्रीमान गम्भीर नेपाली गाउन आव्हान गरेपछि सामाजिक संजाल फेसबुकमा एकाएक पुरानो रास्ट्रीय गित गाउने प्रतिबद्धता गर्नेको होडबाजी नै चलेको थियो। मिडियामा आएको प्रधानमन्त्रीको आव्हानको समाचारमा अधिकांशले श्रीमान गम्भीर नेपाली गाउने भन्दै कमेन्ट गरे। अन्तत: बिहान ८ बजे सामाजिक संजाल फेसबुकमा पुरानो रास्ट्रीय गित गाउदै गरेको अडियो भिडियो सर्बत्र देखियो।

राप्रपा अध्यक्ष कमल थापाले सयौं थुङ्गा गाए

पछिल्लो समय पटकपटक राजा र धर्म बेचेको आरोप लाग्नेगरेका कमल थापा सरकार पक्ष झै देखिने गरेका छन। अघिल्लो पटक प्रधानमन्त्री केपि ओलिले उपप्रधानमन्त्री बनाएपछि उनले केपि ओलि को सदैब गुनगानमा मात्रै गाउने गरेको वीर गोर्खाली अभियानका प्रमुख अभियन्ता नगेन्द्र देउजाले बताए। उनले भने “कमल थापाले पछिल्लो समय बैचारिक रूपमा अडान नभएको नेताको रूपमा पहिचान बनाएका छन। उनले आफुलाई राजा भन्दा माथी सम्झिन्छन।” प्रमुख अभियन्ता देउजाले थपे “असली राजावादी यदि कमल थापा हुन भने सार्वजनिक कार्यक्रममा श्रीमान गम्भीर नेपाली गाउन उर्दि जारी गरून्।”

वीर गोर्खाली अभियानका अभियन्ता एबं युवा दस्ता ATF का संयोजक सन्तोष राजावादीले अभियानका हरेक कार्यक्रममा “श्रीमान गम्भीर नेपाली..” गित लाई रास्ट्रीय गितको रूपमा सम्मान गर्नेगरेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close