कोरोना भएको भनिएका झापाका एक व्यक्तिको पिसीआर रिपोर्ट नेगेटिभ

विराटनगर, बैशाख ५-प्रदेश १ मा एक जना कोरोना पोजेटिभ देखिएको भनिएको व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ।झापाको हल्दीबारीमा आरडिटीमा पोजेटिभ देखिएका एक पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसीआरबाट परीक्षण गर्दा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कले जनाएको छ।

बिहीबारसम्म द्रुत परीक्षण विधि ९आरडिटी० बाट जम्मा ८२६ जनाको कोरोना परीक्षण भएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको छ।ल्याबमा गरिने परीक्षण ९पिसीआर० विधिबाट बुधबारसम्म जम्मा ३४१ जनाको नमूना परीक्षण भएको छ। ६५ महिला र २७६ पुरुषको परीक्षण गरिएको हो।

परीक्षण नतिजामा ४९ महिला र २४३ पुरुषको रिर्पोट नेगेटिभ आएको छ। पिसीआर विधिबाट नमूना परीक्षण गरिएकामध्ये ५८ जनाको रिर्पोट आउन बाँकी छ।हालसम्म दुवै विधिबाट आएको परीक्षणको नतिजा नेगेटिभ छ अर्थात् कसैमा कोरोना रोगको सङ्क्रमण देखिएको छैन।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण हुँदै आएको छ। प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणलाई तीव्रता दिएको जनाएको छ।प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म ५६८ छ। जसमध्ये चार महिला र ४६ पुरुष डिस्चार्ज भएका छन्।

क्वरोन्टाइनमा ६८ महिला र ५०० पुरुष बसिरहेका छन्। आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन्।होम क्वारेन्टाइनमा ६३५ महिला र तीन हजार १८१ पुरुष गरी जम्मा तीन हजार ८१६ जना छन् भने क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हरेक दिन बढ्दो क्रममा रहेको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close