कालिकोटमा ३१० जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

कालिकोट जिल्लाका नौ वटै स्थानीय तहमा ३ सय १० जनाको आरडीटी विधिबाट कोरोनाको चेक जाँच गरिएको छ ।

आरडीटी विधिबाट चेक जाँच गरिएका ३ सय १० सबैको नेगेटिभ देखिएको हो । यद्यपि सुख्खा खोकी देखिएका २ जनाको स्वाब परीक्षण हुँदै छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

वैशाख १ गते देखि ७ गतेसम्म जिल्लाका नौ स्थानीय तहका विभिन्न १८ स्थानमा भारत तथा देशबाट आएको आरडीटी बिधिबाट परीक्षण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक महतले जानकारी दिए ।

‘जाँच गरिएका सबैको नतिजा नेगेटिभ रिर्पोट आएको छ’ उनले भने, ‘भारतबाट आएका सुख्खा खोकी लागिरहेका २ जनाको थ्रोड स्वाब संकलन गरेर जाँचका लागि सुर्खेत पठाएका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close