कोरोना कहर १० लाख नेपाली घर फर्कन सक्ने

काठमाडौं, बैशाख १४ । वैदेशिक रोजगारीमा रहेका नेपालीबारे सरकार अन्योलमा परेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरसका कारण १० लाख नेपाली घर फर्कन सक्ने जानकारी गराएको छ ।

विश्वका अधिकांश मुलुकमा जारी लकडाउन खुलेलगत्तै ती नेपाली श्रमिक फर्कने भएकाले उनीहरुको व्यवस्थापनका लागि तयारी थाल्न सरकारलाई सुझाव समेत दिइएको छ ।

शनिबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिडियो कन्फेरेन्समा रसियाबाट बोल्दै संघका उपाध्यक्ष बद्रि केसीले लकडाउनको अन्त्यपछि १० देखि १२ लाख नेपाली घर फर्कन सक्ने सम्भावना देखिएको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close