बाबुराम भट्टराई सँधै विदेशीबाट मात्र परिचालित हुने ब्यक्ति हुन्, अब जनताले चिन्नुपर्छ

अनिल योगी

बाबुराम भट्टराईलाई यो देशका बिरुद्ध बिगत एक दशक लामो युद्धका समयमा बिदेशिले जसरी प्रयोग गरेका थिए त्यसरी नै अहिले अर्को आबरणमा र अर्को भुमिकामा बिदेशिले प्रयोग गर्दैछन् । यस बिषयमा आम सचेत नेपाली जनता सचेत रहनुपर्छ ।

राज्यका सबै निकायमा बिदेशिले आफ्नो बलियो पकड निर्माण गरिसकेपछी यस्ता पात्रहरुलाई प्रयोगमा ल्याउने गरेका हुन्छन् ।

देशका लागि आफुलाई महत्वपूर्ण सस्था र समूह हौं भन्नेहरुले यदाकदा बक्तब्यवाजी गरेका सुन्ने गरिएको भए पनि यस्ता गम्भीर बिषयमा कसैको चासो गएको नदेखिनुमा स्वयम् तिनिहरुको पनि भित्री हात र सम्मती त छैन भन्ने देखिन्छ ।

यो देश बचाउने हो र नेपालिको जीवन सुरक्षित राख्ने हो भने( राजसस्था र नेपाली जनताको तागतमा मात्र सम्भव छ अन्यथा यो देशको माया मार्नुको विकल्प देखिदैन । देशको माया मार्नुको अर्थ देशको रक्षाका खातिर देशभक्तहरुले अकालमा जिवनको बलिदान दिनका लागि बाध्य हुनुपर्ने अबस्था हो ।

नेपाल राष्ट्रको निर्माण संगै शिव रात्रीका दिन साईत पारेर राष्ट्र निर्माता श्री ५ बडामाहाराजाधिराज पृथ्वीनारायण शाहले निर्माण गरेको तात्कालिन शाही नेपाली सेनाको सेनापति कुक्माङ्गत कटवालले आफ्नो परम सेनाधिपती शाहबंशका राजालाई छोड्न तयार भए तर आफ्नो सेनापतिको पद जोगाउनका लागि बिदेशी संग गुहार मागेको बिषय कम्ता रोचक थिएन ।

यो देश जनताको हो र जनताले नै यो देश बचाउनका लागि तयार रहनुपर्छ । सबैका हुति र बुद्धि देखि सकियो । एक पाटक शाहबंशको साथ नेपाली जनतालाई आबश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close