पेचिलो बन्दै नेकपा विवाद

काठमाडौं, बैशाख १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै जाँदा शीर्ष नेताहरु आफू पक्षधर सांसदलाई आफ्नै पक्षमा टिकाइराख्ने कसरतमा जुटेका छन्।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल आफू पक्षका सांसदलाई जोगाउने कसरतमा लागेका हुन्। दुई दिनसम्म नेपाल समूहसँग भएको छलफलमा कुरा नमिलेपछि तीन नेता आआफ्ना सांसद जोगाउन लागेका हुन्।

ओलीले नेपालसँग पाँचवटा प्रस्ताव राखेर उनलाई मनाउने प्रयास गरेका थिए। नेपाल समूहले प्रस्ताव अस्वीकार गरेपछि ओली पक्षले बालुवाटारमा आफूपक्षका सांसदको भेला गरेको छ। यसबाट झस्किएका दाहाल र नेपाल पनि आफ्ना पक्षका सांसदसँग सम्पर्कमा छन्।

सांसदलाई आ–आफ्नो पक्षमा राख्न कसरत, ओलीका पाँच प्रस्ताव नेपालद्वारा अस्वीकार
‘दाहाल र नेपालले आआफ्ना पक्षका सांसदलाई सम्पर्क राख्न निर्देशन दिएका छन्। उनीहरुले सबै क्षेत्रका सांसदलाई आफ्नो सम्पर्क राख्न एक एक जनालाई जिम्मेवारी दिएका छन्’, स्रोतले भन्यो। ओलीले आफ्नो पक्षका सांसदलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका छन्। ओलीले सोमबार र मंगलबार आफू पक्षीय सांसदलाई बालुवाटार बोलाएर छलफल गरेका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close