नेपालगञ्जमा आज फेरी थप ७ जनामा देखियो कोरोनाभाइरस संक्रमण

काठमाडौँ, बैशाख २३ । नेपालमा एकै दिनमा १६ जनामा कोरोनाको संक्रमणको पुष्टी भएको केही घण्टामा नै थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

थप ७ जना पनि नेपालगन्जका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबिच सरकारले लकडाउनको नयाँ मोडालिटी ल्याउने तयारी गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गरी कम र बढी जोखिमयुक्त क्षेत्र छुट्याएर मोडालिटी ल्याउन लागेको स्रोतको दाबी छ । हिजो कोभिड(१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आजको बैठकले मोडालिटीको खाकाको प्रस्ताव तयार गरेको छ । यसलाई मन्त्रिपरिषदबाट छलफल गरी पारित गर्नेतयारी भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close