नायिका उपासनासिंह ठकुरी लकडाउनमा पनि पढाईमा छिन् ब्यस्त

अभिनेत्री उपासनासिंह ठकुरी लकडाउनमा के गर्दैछिन रु उनकै शब्दमा ः

म पनि घरमै परिवारसँग क्वारेन्टाइनमा बसिरहेकी छु । परिवारसँग बसेर कुकिङ सिकिरहेकी छु । यसबीचमा केक र कुकिज बनाउन सिकेँ । साथै, सानी बहिनीसँग खेल्दै दिन बिताउँछु । हलिउड, बलिउड र नेपाली फिल्म पनि हेर्ने गर्छु । कोरोना भाइरस लाग्न नदिन अपनाउनुपर्ने सबै नियम फलो गरिरहेकी छु ।

टाढा रहेका आफन्त र परिवारका सदस्यसँग फोन र सामाजिक सञ्जालमार्फत कुरा हुन्छ । म व्यवस्थापनमा स्नातककी विद्यार्थी हुँ । कलेजले अनलाइन कक्षा सुरु गरेको छ । अनलाइन क्लास जोइन गरेर पढिरहेकी छु । लकडाउनको समय राम्ररी बितिरहेको छ । नयाँ पत्रिकामा खकर छ ।

सबैलाई घरमै बस्न र कोरोना भाइरसको संक्रमण हुन नदिन नियम पालना गर्नुहोला भन्न चाहन्छु । विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि सुरक्षित भएर बस्न अनुरोध गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close