
काठमाडौ, बैशाख २७ – नेपालमा थप सात जनाको कोरोनाको पुष्टि भएको छ । उदयपुर, कपिलवस्तु र पर्साका ७ जनामा शनिवार कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप सात जनाको कोरोनाको पुष्टि भएसंगै संक्रमितको संख्या १०९ पुगेको छ ।संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन्। संक्रमित महिलाहरूको उमेर १८, ४५ र ६५ वर्ष रहेको छ।