
काठमाडौ, जेठ ४ – कोभिड–१९ को सङक्रमणको आज पुनः तीनजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीनजनामा सङ्क्रमण देखिएको बताए। नयाँ सङ्क्रमितमा धनुकटा निवासी ३४ वर्षीया महिला, मोरङ विराटनगरका निवासी २९ वर्षीया महिला र सोही ठाउँका ३६ वर्षीय पुरुष रहेका छन् ।
बाँकेमा आजै एकजनाको मृत्यु भएका परीक्षणका क्रममा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या २९५ पुगेको छ । यसअघि आजै रौतहटका १० जनामा कोराना भेटिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् ।