जम्मू–कश्मीरमा साेमबार ५ चिकित्सकमा काेराेना सङ्क्रमण पुष्टि

काठमाण्डाै – जम्मू–कश्मीरमा सोमबार पाँच चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित पाँच चिकित्सकमध्ये चार जनाले कोभिड–१९ का एक बिरामीलाई उपचार सेवा दिने क्रममा सङ्क्रमण भएको स्थानीय अस्पताल स्रोतले बताएको छ ।

छाती रोग अस्पतालका प्रमुख चिकित्सक नवीद शाहले चिकित्सकहरूमा सङ्क्रमण भएको पुष्टि गर्दै भने, ‘सोमबार प्राप्त रिपोर्टमा पाँच चिकित्सकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये चार जना कोभिड–१९ बाट सङ्क्रमण भएका एक बिरामीको उपचारमा खटिएका थिए ।’

सङ्घीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयका अनुसार जम्मू–कश्मीरमा सोमबारसम्म एक हजार एक सय ८३ जना सङ्क्रमित रहेका छन् भने सङ्क्रमितमध्ये १३ जनाको ज्यान गएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close