आज अमेरिकी डलरसहित सबै देशको मूल्य बढ्यो

काठमाडौँ । आज जेष्ठ ६ गते अमेरिकी डलरसहित ९ देशको विनिमयदर बढेको छ आज यूरोपियन यूरो, कुवेती दिनार र बहराइन दिनारको भाउ धेरै र अन्य देशको मुद्राको भाउ सामान्य बढेको हो ।आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ १६ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ७६ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ २ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ६७ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ९९ पैसा र बिक्रिदर १ सय ४७ रुपैयाँ ७२ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ ५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ ४६ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४४ रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close