
काठमाडौँ । आज यूरोपियन यूरो, यूके पाउण्ड र मलेसिसयन रिँगिटको भाउ बढेको छ । नेपाल राष्ट्रैबैंकका अनुसार अमेरिकी डलरसहित धेरै देशको विभिनदर भने घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ३२ पैसा पुगेको छ। यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ २९ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ९५ पैसा रहेको छ।युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ८१ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ५५ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ ८२ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ३० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ ८२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ।