गुल्मीका कोरोना संक्रमितको गम्भीर अवस्थामा उपचार हुँदै

रुपन्देही, ७ जेठ : रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था गम्भीर छ । मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले विज्ञप्ति जारी गरी बिरामीबारे बाहिर आएको गलत र भ्रामक समाचारको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । उहाँ एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गतेदेखि अस्पतालमा भर्ना हुनुभएको हो । मदानेको एक विद्यालयका प्रधानाध्यापक उहाँमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close